ग्रिनपिस एकेडेमीले मासिक शुल्कमा छुट दिने

  • वैशाख २०, २०७७
  • कालापानी मिडिया
alt

इटहरी । लकडाउनका कारण शैक्षिक संस्थाहरु समेत बन्द रहेको समयमा पनि अनलाईन कक्षा सञ्चालन गर्दै आएको इटहरीको ग्रिनपिस एकेडेमीले विद्यार्थीहरु लाइ मासिक शुल्कमा छुट दिने भएको छ ।
कोरोना भाइरसको संत्रासका कारण लगाइएको लकडाउनलाई मध्यनजर गर्दै ग्रिनपिस एकेडेमीले विधार्थीहरुको पठन पाठनलाइ मध्य नजर गर्दै विधालय तहमा पनि यही बैशाख १५ गते देखि अनलाईन कक्षा सञ्चालन गर्दै आएको छ । अनलाइन कक्षा संचालन गर्दा अभिभावकको इन्टरनेट डाटामा खर्च वढने, विधालयको समाज प्रतिको उत्तरदायित्व तथा अधिकतम विधार्थीको सहभागिताको लागि भन्दै अनलाइन कक्षा संचालन गर्दाको समय सम्मको अवधिमा कक्षा नर्सरी देखि १० सम्मको मासिक शुल्कमा प्रति महिना पाँच सय छुट दिने निर्णय भएको विधालयका प्रिन्सिपल राम कुमार राईले वताए। उनले अनलाईन कक्षा सञ्चालन गरिएका कारण अभिभावकहरु लाई समेत केही सहयोग पुगोस भनेर कक्षा नर्सरी देखि १० सम्मका विद्यार्थहरुका लागि मासिक शुल्कमा छुटको व्यवस्था गरिएको जानकारी दिए ।
विद्यालय तह मात्र नभएर इटहरी नमुना कलेज समेत सञ्चालन गर्दै आएको ग्रिनपिस फाउण्डेशनले प्लस टु देखि मास्टर सम्म कै कक्षाहरु अनलाईनबाट सञ्चालन गर्दै आएको र अनलाईन कक्षामा समेत ८० प्रतिशत भन्दा वढि विद्यार्थीहरुको सहभागिता रहेका कारण आफुहरु उत्साहित भएको इटहरी नमुना कलेज तथा ग्रिनपिस एकेडेमीका अध्यक्ष केशव खड्काले जानकारी दिए । विद्यार्थीहरुलाई विभिन्न सामाजिक गतिविधिहरुमा समेत प्रत्यक्ष सहभागी गराउदै आएको यस फाउण्डेशनले कोरोना भाइरसको त्रासका कारण मुलुकमा लकडाउन घोषणा भएपछि शैक्षिक गतिविधि प्रभावित नहोस भनेर अनलाईन कक्षा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved