काठमाडौं। गरिव जेहेन्दार अनि मजदुरहरुलाई राहत वितरण गरेर आफुलाई चर्चामा नल्याउने मध्येका एक हुन् कालीमाटी फलपफुल तथा तरकारी व्यवसायी समितिका सदस्य नविन शाही ।
उनले आफ्नो व्यक्तिगत सहयोगमा मात्रै अहिले सम्म विभिन्न क्लव, आश्रम, अनि गौशालाहरुमा तरकारी र फलफुल बितरण गरेकाम मात्रै छैनन् त्यसलाई सम्वन्धित ठाउँ वा व्यक्ति सम्म पु¥याउने कार्य पनि आफैले गर्दै आएका छन् ।
कहिले खाना नपाएकाहरुलाई खाना खुवाउने त कहिले छाडा गाईवस्तुकालागि खानाको व्यवस्था गर्नु यतिवेला उनको दैनिकी नै बनेको छ । हरेक दिन जसो घरवाट निस्केर कतै न कतै राहत स्वरुप फलफुल र तरकारी पु¥याउनु उनको पहिलो प्राथमिकतामा पर्छ । केही नभए उनि लकडाउनका बेला भोक भोकै भएका स्वयम्भुनाथ र पशुपतिनाथमा रहेका वादर लाई फलफुल अनि पंक्षिहरुलाई दाना दिने कार्यमा लाग्छन् ।
यति मात्रै होइन अप्ठयारोमा परेकोमानीसलाई आफुसग उपलब्ध उनको यो कार्यबारे हामीले सुनेपनि उनलाई भेटयौ । उनिसंग निकै वेर यो विषयमा छलफल ग¥यौ । अन्य दाता तथा संघ संस्था आफुले सानो राहत दिदा पनि मिडिया साथमा लिएर जन्छन् तर तपाइले किन यस्तो गर्नु भएन भन्दा उनी भन्छन्, दिएको कुराको पनि के चर्चा गर्नु र विचरा खान नपाएकाहरुलाई दिन पाउँदा मनमा आनन्द आउँछ अनि घर गएर चयनको स्वास फेर्न पाएको महसुस हुन्छ । सबैवेला दिन सकिदैन यस्तो महामारीका बेलामा अफ्ठ्यारोमा परेहरुकाहरुलाई दिएको पनि के समाचार बनाउनु भनेर कसैलाई नभनेको हो ।,
उनको यो कार्यले उनको परिवारका सदस्यपनि खुसि त छन् । तर कतै भिडभाडमा गएर केही हुन्छ कि भन्ने डर भने परिवारमा छ । उनकीे श्रीमती रेखा सापकोटा भन्छिन राम्रो कार्य गरेको सुन्दा हर्षले मन भरिएर आउँछ,तर यो समय ठिक नभएकाले मात्रै अलिकति चिन्ता भएको हो । तर पनि उनि कहिले काही त आफु समेत गएर श्रीमान संगै गाईवस्तुलाई खानेकुा खुवाएर आउने गरेको बताँउछिन् ।
शनिबार मात्रै सपरिवार दुई गाडी फलफुल र तरकारी बेक्दै एयरपोर्ट पछाडी फुडवल ग्राउन्डमा रहेका १०० बढि गाई वस्तुकालाई खुवाउन पुगे । र त्यहीबाट पशुपति क्षेत्रमा भोकाएर बसेका बाँदरहरुलाई पनि पेट भरी अंगुर र केरा खुवाए । नविन शाही र उनको परिवारको यो कार्यले उनिहरुमा आत्मसन्तुष्टि त हुन्छ नै यो महामारीको कसरी दैनीकी चलाउने भन्ने चिन्तामा परेकालाई पनि राहत पुग्छ । उनको यो कार्य साचिक्कै प्रसंशनिय छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved