कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८४ पुग्यो

  • बैशाख २२, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । कुवेतमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुवेतमा कोरोना संक्रमण पुष्टि भएका नेपालीहरुको संख्या ८४ पुगेको छ ।

दूतावासका अनुसार पछिल्लो तथ्यांकलाई हेर्दा कुवेतमा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या निकै वृद्धि भएको छ । ३ मे २०२० सम्ममा कुवेतमा ८४ जना नेपालीसहित ४ हजार ९ सय ८३ जनामा कोरोना पुष्टि भएको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

कोरोना फैलिन नदिन र यसको प्रभावबाट मुक्त रहन अपनाउनुपर्ने सतर्कता अपनाउन तथा कोरोनाको शंका लागेमा तत्काल स्वास्थ्य परीक्षण गराउन पनि दूतावासले भनेको छ ।

कोरोना संक्रमणका कारण काममा जान नपाउँदा रोजगारदाताबाट पाउनुपर्ने तलब, सुविधा नपाएको तथा खानेकुराको समेत अभाव भएर कठिनाइ उत्पन्न भएमा दूतावासमा, कम्पनीमा वा रोजगारदाता व्यवस्थापन पक्षसँग सम्पर्क गर्न दूतावासले भनेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
अमेरिकी डलर र यूरो ...

काठमाडौं । आज २०८१ साल मंसिर १२ गते बुधबार सन् २०२४ नोभेम्बर २७ तारिखका लागि नेपाल राष्ट्र बैंकले वि ...

उपनिर्वाचनको पर्यवेक ...

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनको पर्यवेक्षणका लागि ९ वटा संस्थालाई अनुमति दिएको ...

आज तराईमा हुस्सु पहा ...

काठमाडौं । पश्चिमी वायुको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved