लकडाउन कडा नाकामा अत्यावश्यक सवारीसमेत चेकजाँच

  • वैशाख २२, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकामा लकडाउनलाई कडा बनाएको छ ।

चौथो पटक थपिएको अवधि सकिनै लाग्दा प्रहरीले लकडाउनलाई कडा बनाएको हो । अनावश्यक रुपमा सडकमा निस्किने, प्रहरीको आग्रह नमान्ने तथा तोकिएका बाहेकका पसलहरु सञ्चालन गर्ने व्यक्ति तथा सवारी साधनलाई आज बिहानै विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको छ ।

मुख्य सडकदेखि भित्रि सडकहरुसम्म बाक्लो रुपमा लकडाउनमा कार्यान्वयनमा कडाइ गर्न प्रहरी परिचालन गरिएको छ । कोरोना भाइरसका संक्रमितहरुको संख्या थपिएसँगै लकडाउनलाई थप प्रभावकारी बनाउन लागिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

त्यस्तै काठमाडौं उपत्यका भित्रिने नाकामा थप कडाइ गरिएको छ। नाकामा खटिएका सुरक्षाकर्मीलाई अत्यआवश्यक सवारीलाई मात्र छिर्न दिने निर्देशन दिइएको छ । आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापालाई सिमा नाकामा कडाइ गर्न निर्देशन दिएपछि थप कडाइ गरिएको हो ।

आइतवार दिउँसोसम्म जिल्ला प्रशासन कार्यालयबाट जारी भएको पास लिएर पनि मानिस काठमाडौं छिर्ने गरेका थिए । तर, अहिले अत्यावश्यक सवारीलाई पनि चेक गरेर प्रवेश गराउने गरिएको छ। सिडिओ कार्यालयबाट जारी भएको पास भएका सवारीलाई छिर्न नदिएपछि सिडिओले प्रहरीलाई फोन गरेर गुनासो गर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved