बेदकोट नगरप्रमुख चन्द दुर्घटनामा परि घाइते, मायामेट्रो अस्तापल धनगढीमा उपचार हुँदै

  • वैशाख २४, २०७७
  • कालापानी मिडिया
alt

कञ्चनपुर । बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्द सवारी दुर्घटनामा परि घाइते भएका छन् ।

 मंगलबार पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणीमा सडक छेउमा रोकेर राखेको से २ त २४३७ नम्बरको ट्रयाक्टरमा प्रमुख चन्द सवार नगरपालिकाको म १ झ १०१ नम्बरको गाडी ठोक्किदा दुर्घटना भएको हो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दुर्घटनामा परी मेयर चन्दको हातमा समान्य चोट लागेको जनाएको छ भने गाडीको अगाडीको भागमा क्षती पुगेको जनाएको छ। दुर्घटनामा नगरप्रमुख चन्द घाइते भएका छन् भने उनि संगै गाडीमा सवार अरु सकुशल रहेको प्रहरीले जनाएको छ।

अहिले प्रमुख चन्दको धनगढीस्थित मायामेट्रो अस्तापलमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको अस्पताल श्रोतले जानकारी दिएको छ । नगरप्रमुख चन्दले पनि आफ्नो स्वास्थ्य सामान्य भएकाले नगरबासीलाई चिन्ता नगर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved