ग्रीन आर्मी खारेज भएको छैन, नाम सच्याउन गृहको पत्राचार

  • भदौ २२, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ग्रीन आर्मी विवादित बनेपछि नाम सच्याउन गृह मन्त्रलायले कम्पनी रजिष्ट्रार कार्यालयमा पत्राचार गरेको छ । बाहिर चर्चा भएजस्तो ‘ग्रीन आर्मी’ को दर्ता खारेजी भने भएको छैन ।

उक्त संस्था खारेज भएको समाचार सुनेर आफू आश्चर्यमा परेको कम्पनी रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले बताइन् । उनले गृह मन्त्रालयबाट नामको विषयमा त्रुटि सच्याउन पत्र आएको भने स्वीकार गरिन् ।

‘संस्था खारेज गर्नका लागि सम्बन्धित संस्थाले नै खारेजीको माग गर्दै निवेदन दिनुपर्ने प्रावधान छ,’ उनले भनिन्, ‘संस्था निरन्तर अपडेट भएको देखिन्छ । त्यसैले हामीले तत्काल गर्नसक्ने भनेको नाम परिवर्तनको काममात्रै हो ।’

कम्पनी दर्ता ऐनको दफा ६ र निर्देशिकाको दफा २०, २१ र २२ मा भएको व्यवस्थाबमोजिम नाम परिवर्तन गर्ने विषय जानकारी गराइने श्रेष्ठले बताइन् । ऐन र निर्देशिकाले गरेको व्यवस्थाअनुसार नाम परिवर्तन गर्ने प्रक्रिया शुरु भएको मितिले ३५ दिनभित्र गरिसक्नुपर्नेछ । उनले गृह मन्त्रालयले उक्त संस्था दर्ता गर्नका लागि दिएको स्वीकृतिसम्म रद्ध गर्न पाउने व्यवस्था भएको जानकारी दिइन् ।

यसैबीच ग्रीन आर्मीका संस्थापक प्रमुख सविन शर्माले संस्था खारेजीको हल्ला भ्रामक भएको बताएका छन् । एक विज्ञप्ति जारी गर्दै उनले संस्थाको स्थापना तथा सञ्चालनसम्बन्धी विषयमा विभिन्न समयमा सार्वजनिक भएका भ्रमपूर्ण सामग्रीप्रति संस्था सचेत रहेको उल्लेख गरेका छन् ।

ग्रीन आर्मीले आफनो उद्देश्यअनुसार वातावरण संरक्षण, विपद् व्यवस्थापन, उद्धार तथा राहत सहयोग जस्ता कार्यक्रमहरूलाई प्रक्रियागत तथा प्रचलित कानूनअनुसार निरन्तरता दिइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

सुरुङ ‘ब्रेक थ्रु’ न ...

काठमाडौँ । जलविद्युत आयोजनाहरूको सुरुङ ‘ब्रेक थ्रु’ नभएसम्म खोजी जारी रहने नेपाली सेनाले ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved